Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कोरोना बिरुद्ध नेपाल सरकारको नीति यसप्रकार छ

कोरोना बिरुद्ध नेपाल सरकारको नीति यसप्रकार छ

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७६
images
काठमाडौं । कोरोना भाईरस (कोभिड १९) लाई विश्व स्वास्थ्य संगठनले मार्च ११ मा विश्वव्यापी महामारीको रुपमा बर्गीकरण गरेको छ । विश्व स्वास्थ्य संगठनको बर्गीकरणसँगै नेपाल सरकारले कोरोना भाइरसबाट बढी प्रभावित ९ देशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइन अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना संक्रमण फैलिन नदिने सरकारको तयारीबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने व्यक्तिले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ । साथै यी मुलुकबाट आउन चाहने विदेशी नागरिकलाई अन एराइबल भिसा स्थगन गरिएको पनि स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । १२ मार्चको मध्यान्ह सम्ममा १ सय १४ मुलुकमा कोरोना भाईरस फैलिएको र १ लाख १८ हजार ३ सय २६ जनामा संक्रमण भैसकेको र ४ हजार ६ सय ३५ को मृत्यु भैसकेको जानकारी गराईयो । संक्रमित बिरामीहरु मध्ये ९० प्रतिशत चीन, दक्षिण कोरिया, ०टली र इरानका नागरिक रहेका छन् । पछिल्लो समय चीन र दक्षिण कोरियामा संक्रमितको संख्या घटेको सन्देशले रोगलाई नियन्त्रण गर्न सकिने सकारात्मक सन्देशका रुपमा नेपालले पनि लिएको मन्त्रालयका प्रवक्ताले जानकारी गराउनुभयो । मन्त्रालयले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि योजना, रणनीति तथा कार्यक्रम सार्वजानिकसमेत गरेको छ । केही गरी नेपालमा कोरोना संक्रमण देखिएको अवस्थामा महामारी अवधिभर नेपालबाट हुने उडान बन्द गर्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । अहिले सम्म संक्रमित मध्ये ८९ प्रतिशत सामान्य अवस्थामा रहेका छन् भने गम्भीर अवस्थामा ११ प्रतिशत रहेका छन् । पुरानो केशमा ९४ प्रतिशत निको भएका र ६ प्रतिशतको मृत्यु भएको अवस्था रहेको थियो । कोभिड १९ को जोखिम भएका मुलुकबाट नेपाल आउने यात्रुहरुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ । नेपालमा हाल सम्म ४ सय ५० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएको छ । पछिल्लो समय ४ जना टेकू र २ जनालाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको जानकारी गराईयो । सरकारले गरेको तयारी यसप्रकार रहेको छ : –शंकास्पद बिरामीलाई जाँच गर्न पहिलो पंक्तिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल ए.पी.एफ. अस्पताललाई छुट्टै कक्षको व्यवस्था गरिएको छ भने अन्य असपतालहरुको पनि सूचिकरण गरिसकिएको जनाएको छ । – मेडिकल हब तथा स्याटलाइट अस्पतालहरूमा आइसोलेसन वार्डको व्यवस्था, – प्रादेशिक अस्पतालहरूबाट आइसोलेसन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक, – बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमान्ड सिस्टम तयारी अवस्थामा, – आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइनस्थल यथावत, – उच्च संक्रमित देशहरूबाट आउने नेपालीका साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन तथा अनुगमन, – भारत र चीनसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरूमा ४३ वटा हेल्थ डेस्क, आपत्कालीन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरूको योजना, – विदेशस्थित कूटनीतिक नियोग तथा दूतावासमार्फत त्यहाँ रहेका नेपालीलाई लक्षित गरी स्वास्थ्य सचेतनासम्बन्धी सूचनाप्रवाह, – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दैनिक रूपमा जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन सार्वजनिक, रोकथाम र नियन्त्रणको प्रयास जारी राख्ने । कोभिड १९ को संक्रमणको निगरानी, रोकथाम र नियन्त्रणका लागि १८ जना सर्भिलेन्स अफिसर खटाउने तयारी भएको र देशव्यापी रुपमा सचेतना जारी । आइसोलेसनवार्ड, औषधि, बेड, उकिरण, जनशक्ति अनुमानित रुपमा योजना बनाएको ।   गीतकार सतिश चापागाईंका मनछुने गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - १३:२२:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend