Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

रोनाल्डो क्‍वारेन्टाइनमा

रोनाल्डो क्‍वारेन्टाइनमा

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७६
images
  काठमाडौँ — युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र गोर्डन राम्सेलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसोलेसनमा राखिएको हो । कोभिड–१९ को पुष्टि भएसँगै रुगानीले भनेका छन्, ‘समाचार पढेर मेरो बारेमा चिन्ता लिनेहरुलाई म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु। सबैले नियम मानिदिनुहुन म आग्रह गर्दछु। यो भाइरसले कुनै भेदभाव गर्दैन।’ कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि युरोपका ठूला खेल स्थगित गरिनुका साथै केही खेल दर्शकबिना नै खेलाइएको छ। पछिल्लो समय इंग्लिस क्लब आर्सनलका सबै खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको छ। चीनपछि इटालीमा कोभिड–१९ को असर बढी देखिएको छ। बिहीबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ६१ जनामा संक्रमण देखिएको छ। गीतकार सतिश चापागाईंका मनछुने गीतहरु   https://youtu.be/enSHw4h0vKU https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - १३:४८:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend