Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

स्वास्थ्य सामग्री खरिद प्रकरणमा नयाँ रहस्य : उपप्रधानमन्त्री पोखरेल र बिचौलिया शर्माको साँठगाँठ

स्वास्थ्य सामग्री खरिद प्रकरणमा नयाँ रहस्य : उपप्रधानमन्त्री पोखरेल र बिचौलिया शर्माको साँठगाँठ

नेप्लिज डायस्पोरा

२३, चैत्र २०७६
images
काठमाडौं । कोरोना नियन्त्रण स्वास्थ्य सामग्री खरिदमा सरकारलाई झुक्याउन मुख्य भूमिका खेल्ने युवराज शर्माको परिवार रहेको रहस्य खुलेको छ । युवराजका भाइ दिराज शर्मा र चीनको ग्वाङजाओबाट सामान ल्याउने संस्था ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलका अध्यक्ष तुलहरिसिंह भुसाल सानेपास्थित आवासका छिमेकीहरू हुन् । यो आवास पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको २८ आना जग्गा खरिद गरेर बनाइएको हो । सानेपामा दिराज शर्मा र भुसालको नाममा ११ आना जग्गा पार्टनरसिपमा रहेको छ । कम्प्युटर यूपीएसका व्यापारी भुसाललाई स्वास्थ्यसम्बन्धी कुनै जानकारी छैन । सामान खरिद गर्नुअघि दिराजका दाइ युवराज र ओम्नीका अध्यक्ष भुसालबीच पटक–पक टछलफल भएको थियो । त्यसमा मुख्य भूमिका खेल्ने युवराजकी पछिल्ली श्रीमतीका दाजु रवीन्द्र श्रेष्ठले पनि सरकारलाई गुमराहमा राख्न सफल भएको देखिन्छ । मल्टिनेसनल विज्ञापन एजेन्सी सञ्चालनमा असफल रहेका श्रेष्ठ ज्वाइँ युवराजकै इसारामा चल्ने गरेका छन् । नेपाल समाचारपत्रको यो समाचार पढ्नुस ।

images
प्रकाशित मिति :चैत्र २३, २०७६ आइतवार - १९:२५:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend