मोहन ढकाल, पाल्पा
धादिङबाट ३ दिनसम्म दिनरात हिडेर घर अाएका ६ जना युवाहरुलाइ पुर्वखाेला गाउपालिकाले क्वारेन्टाइनमा राखेको छ।
पुर्वखेाला गाउपालिका वडा नम्बर ४ देविनगरकाे धापखाेला घर भएका युवाहरुलाई धापखाेलाकाे मुकुन्द प्रा विमा क्वारेन्टाइनकाे व्यवस्था गरि राखेको हाे।
धादिङमा श्रम मजदुर गरि अाएका युवाहरु लकडाउनका कारण काम गर्न नपाएकाेले खानपिनकाे समस्या भएकोले तीन दिन रातदिन हिडेर हिज घर अाएकाे हिरा डालाले बताउनु भयो । बाहिरबाट केही युवाहरु घर अाउदै गरेको सुचना पाउना साथ उनिहरुलाई अावश्यक सम्पूर्ण तयारी गरि अाफ्नै गाउमा रहेको मुकुन्द विद्यालयमा क्वारेन्टाइनकाे व्यवस्थापन मिलाएको देविनगर वडाका वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले बताउनु भयो ।
अाज क्वारेन्टाइनमा बस्ने युवाहरुकाे स्वास्थ्य परिक्षण वस्ने ठाउमा किटनासक अाैषधि छर्कनुका साथै जाेराे नाप्ने डिजिटल थर्मामिटर प्रत्येकलाई एक एक वटा सेनिटाइजर मास्क लगाएका अावश्यक पर्ने अाैषधि व्यवस्थापन गरेको छ।स्वास्थ्य परिक्षणमा पुर्वखाेला गाउपालिका स्वास्थ्य शाखाका प्रमुख माेहन ढकाल देविनगर स्वास्थ्य चाैकिका प्रमुख महेन्द्र बा जि सि अनमि शान्ता बमरेलले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
गाउपालिकाका अध्यक्ष नुन बन थापाले क्वारेन्टाइनकाे अनुगमन गर्दै क्वारेन्टाइनमा बस्दा सम्म अावश्यक सम्पूर्ण स्वास्थ्य परिक्षण वस्ने खाने मनाेरजनका व्यवस्थापन पालिकाले गर्ने भएकोले अनुशासित रुपमा बस्न अाग्रह गर्दै सिलुवाकाे जनमार्ग मा वि मा भए २१ जनालाई हिजमात्र घर फर्काएको र अाफुहरुलाइ केही समस्या परेमा तुरुन्त सम्पर्क गरे जुनसुकै समयमा पनि सहयोग गर्ने बताउनु भयो ।
क्वारेन्टाइनमा दैनिक अन्डा सहित पाैष्टिक खानपिन वस्ने खेल्ने व्यवस्थापन गरेकोमा गाउपालिकालाइ धन्यवाद दिदै केही समस्या नरहेको क्वारेन्टाइनमा बस्नेहरुले बताए । क्वारेन्टाइनमा बस्नेहरुकाे दैनिक बिहान साझ ज्वाेराे नाप्ने र त्यसकाे रिपोर्ट स्वास्थ्य शाखालाई जानकारी दिन देविनगर स्वास्थ्य चाैकिलाइ जिम्मा दिएको छ। क्वारेन्टाइनमा वसेका अभिभावक स्थानीय बासिन्दाहरुलाइ काेराेना भाइरस के हाे यसका लक्षण राेगथामका उपाए क्वारेन्टाइन भएको स्थानमा ख्याल गर्नु पर्ने विषयमा समेत सिकाएको थियो ।