Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बिहान उठ्ने बित्तिकै को नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

बिहान उठ्ने बित्तिकै को नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१, बैशाख २०७७
images
नेपाली स्रोताहरुले अत्याधिक मन पराउनु भएको राष्ट्रियताको भावनाले ओतप्रोत भएको गीत "बिहान उठ्ने बित्तिकै"लाई नयाँ म्युजिक भिडियो सहित बजार ल्याईएको छ। नयाँ वर्ष २०७७ को उपलक्ष्यमा गीतलाई नया रुपमा सार्बजनिक गरिएको हो । "कुनै गीत कहिल्यै पुराना हुँदैनन्, जसरी मान्छेका सपना र कर्मका उपलब्धीहरू कहिल्यै पुराना र बिराना हुँदैनन् । मेरो गायिकी जीवनको ३ दशक पूरा भैसक्दा पनि सधैं नयाँ उमंग, जोश र देशप्रतिको कर्तव्यपरायणता सिकाउने एउटा गीतले जहिले पनि मलाई राष्ट्रप्रतिको मेरो कर्तव्यबोध गराउँदछ ।" गायक रामकृष्ण ढकालले भन्नुभयो । गायक ढकालले थप्दै भन्नुहुन्छ, "२०५६ सालमा कालीप्रसाद रिजालका शब्द, आलोक श्रीको सङ्गीत र फणिन्द्र राईको सङ्गीत संयोजनमा मैले गाएको गीत 'बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्' मेरा हजारौं गीतमध्येको यस्तो एउटा गीत हो, जसले देशको अखण्डता, सार्वभौमिकताको रक्षा र अप्ठ्यारो परिस्थितिमा हरेक नागरिकलाई नयाँ ऊर्जा र हौसला प्रदान गर्दछ । २ दशकको यो अवधिमा यो गीतलाई करोडौं मनहरूले गुनगुनाइदिनुभएको आभारी छु ।" "गीतको नयाँपनलाई सबैले मन पराईदिनु हुनेछ भन्ने विश्वास छ ।" संगीतकार आलोक श्रीले भन्नुभयो । इन्दीप कोइरालाको अवधारणामा बुद्ध लामाको छायाँकन, विकेश धमलाको सम्पादन र निकेश खड्काको निर्देशनमा तयार भएको नयाँ भिडियोमा गायक ढकालको अभिनय देख्न गर्नुभएको छ भने गीतका स्रष्टाहरु कालीप्रसाद रिजाल र आलोक श्रीलाई पनि देख्न सकिन्छ । भिडियो हेर्नुहोस https://youtu.be/cwC8hHXmAnc   ढकालका अन्य गीतहरु https://youtu.be/-nOYsZW0UEg https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - ०८:३६:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend