Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आइसोलेसनमा राखिएकी पाल्पाकी युवतीको कोरोना रिपोट ‘नेगेटिभ’

आइसोलेसनमा राखिएकी पाल्पाकी युवतीको कोरोना रिपोट ‘नेगेटिभ’

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
  पाल्पा, तानसेनको युनाइटेड मिसन अस्पतामा आइसोलेसन कक्षमा भर्ना गरिएकी एक युवतीको कोरोना रिपोट ‘नेगेटिभ’ आएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि अस्पतालको आइसुलेसन वार्डमा भर्ना भएकी बगनासकाली गाउँपालिका ८ बराङ्दीकी २३ वर्षकी युवतीको रिपोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । उनको विहिबार थ्रोट स्वाबको नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको थियो । ती युवतीको शुक्रबार रिपोट नेगेटिभ आएको हो । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखापरेकाले स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो । युवती रक्तचाप बढी भएको भन्दै उपचारका लागि बुधबार अस्पताल पुगेकी थिइन । शित्तलपाटी डटकम

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०७:२९:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend