Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कलेज बन्द छ, सरले एफएमबाट पढाउनुहुन्छ

कलेज बन्द छ, सरले एफएमबाट पढाउनुहुन्छ

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
  पाल्पा, कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि सबै रोकिएको छ । कलेज पनि बन्द छन् । परीक्षाको तयारीमा जुटेका लाखौं विद्यार्थीको पढाई भने चौपट भएको छ । तर, पाल्पाको एउटा एफएमले भने कलेजका प्राध्यापकहरु बोलाएर रेडियोबाट कक्षा संचालन गरेको छ । त्यो एफएम हो -युनिक एफएम । सिक्ने र सिकाउने व्यक्तिहरू दुई भिन्नभिन्न स्थान र समयमा बसेर विभिन्न श्रव्य, दृश्य, जस्ता सामग्रीहरूको माध्यमबाट शिक्षा प्रदान गर्ने विधि दूरशिक्षा हो । यही दूरशिक्षाको उद्देश्यलाई अंगिकार गरी विश्वरभर फैलिएको कोरोना सन्त्रासका कारण अनिश्चित बनेको कक्षा ११/१२ को परीक्षालाई मध्यनजर गर्दै तानसेन नगरपालिकाको सहयोग, युनिक एफएम पाल्पाको उत्पादन तथा प्रशारण, इभरग्रीन एजुकेसन सेन्टरको जनशक्ति संयोजन तथा परामर्शमा रेडियो कार्यक्रम शुक्रबारदेखि सञ्चालनमा आएको हो । परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई लामो समयसम्मको लकडाउनले गर्दा प्रभावित हुने अवस्था सिर्जना भएकाले उनीहरुलाई मध्यनजर गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको नगर प्रमुख अशोक शाहीले बताए । स्थानीय रेडियोमार्फत सञ्चालन गरिएको कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने शाहीले विश्वास व्यक्त गरे । दूरशिक्षा रेडियो कार्यक्रम कक्षा ११ का लागि आइतबार,मंगलबार,बिहिबार,शनिबार ८ बजेदेखि ३ बजेसम्म र कक्षा १२ को लागि सोमबार ,बुधबार ,शुक्रबार ८ बजेदेखि ३ बजेसम्म प्रसारण हुने एफएमका अध्यक्ष जगदीश भट्टाईले जानकारी दिए । स्थानीय शिक्षकहरु रेडियो स्टेशनमा आई अनिवार्य अंग्रेजी, गणित,लेखाशास्त्र र भौतिक विज्ञान विषय रेडियोबाट बोलेरै सिकाउने अध्यक्ष भट्टराईले बताए । शिक्षकहरु तिलक सापकोटा, कमल बस्याल, प्रमोद ज्ञवाली, देवराज शर्माले विषयगत रुपमा रेडियोबाटै विद्यार्थीहरुलाई सिकाउने छन् । रेडियोले शिक्षकसँग टेलिफोन र फेसबुकमार्फत पनि प्रश्न सोध्न सकिने व्यवस्था मिलाएको छ ।

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०८:१९:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend