बाटोमा अड्किएका, रोकिएका वा समस्यामा परेका श्रमिक वर्गको लागि मात्र सुरक्षित यात्राको सहजीकरण स्थानिय सरकारहरु, प्रदेश सरकारहरु तथा स्वयंसेवकहरुले गरिरहेका छन् । स्थानिय सरकार र प्रदेश सरकारले घर जानेका लागि सहजीकरण गरेको छ भन्ने सुनेर गुटुटु नकुदनु होला । फेरी फिर्ता आउनुपर्छ । लकडाउनको समयमा अहिले सरकारले कसैलाई घर जान दिएको छैन ।
अहिलेको घर जानका लागि गरिएको सहजीकरण सबैका लागि होइन । मुख्यगरी ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रमा कार्यरत घरफिर्ती हुन बाध्य श्रमिकहरुका
लागि मात्र सुरक्षित यात्राको लागि सहजीकरण हो । सबैले थाहा पाउ ।
लकडाउन लामो भयो वा लामो जाला जस्तो छ भन्ने सोचेर कोही पनि घर वा कोठाबाट निस्कने काम नगरौ । लकडाउन लामो भयो वा लामो जाला जस्तो छ भन्ने मात्र सोचेर निस्कदै हुनुहुन्छ भने तपाई फेरी फर्किनुपर्ने हुन्छ ।
केही स्थानीय तहहरु र प्रदेश सरकारहरुको तर्फबाट घर फर्किन बाध्य श्रमिकहरुका लागि सुरक्षित घर पुर्याउने प्रयासको शुरूवात भएको छ । ढिला त अवश्य भएको हो तरपनी यो प्रयाश राम्रो छ । सबैले मिलेर जोखिमपुर्ण यात्रामा रहेकाहरुलाई सुरक्षित रुपमा घर पुर्याउन प्रयत्न गरौ । असुरक्षित यात्राका कारण हुनसक्ने जोखिमहरु कम गरौ ।
बिगत केही दिनदेखी विभिन्न जिल्लामा श्रमिकको सुरक्षा र घर पुर्याउने अभियानमा सहयोग पुर्याइरहनु भएका सहयोगी मनहरु र सबै स्वयंसेवकहरुमा हाम्रो तर्फबाट एकमुष्ट नमन । यात्रामा रहेका जो हाम्रो सम्पर्कमा आउनुहुन्छ वा ल्याइन्छ्न उहाहरुको विवरण सम्वन्धित स्थानीय सरकारलाई उपलब्ध गराउ, यसले उद्दार, राहत, स्वास्थ्य जाँच, आवश्यकता अनुसार क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्न र फलो अपलाई सहयोग पुग्ने छ ।
आवश्यकता अनुसार सहयोग र सहजीकरणलाई निरन्तरता दिनेछौ । श्रमिकको हित र सुरक्षाका पक्षमा हाम्रो यात्रा निरन्तर जारी रहने छ ।
यात्रामा नरहेका श्रमिक तथा गरिव परिवारहरुलाई जो जहाँ हुनुहुन्छ त्यहीको स्थानीय सरकार मार्फत आवस्यक राहत र सहयोग उपलब्ध हुने प्रबन्धका लागि पहल गरि कोरोना संक्रमणको जोखिम कम गरौ । यहि हुन नसक्दा धेरै बाध्य भएर यात्रामा छन ।
वास्तविक समस्या नपरी लामो लकडाउनका कारण मात्र हिड्न खोज्नेलाई निरुत्साहित गरौ । यो आर्को महत्वपूर्ण पक्ष हो ।
https://youtu.be/UzL5FOvCu7g