Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जापानमा समस्यामा परेको जोडीलाई पाल्पाली संस्थाहरुले आर्थिक सहयोग गरे, अझै सहयोगको खाँचो

जापानमा समस्यामा परेको जोडीलाई पाल्पाली संस्थाहरुले आर्थिक सहयोग गरे, अझै सहयोगको खाँचो

नेप्लिज डायस्पोरा

७, बैशाख २०७७
images
  उमेश अर्याल / जापान स्याङ्गजाका पिउ नारायण न्यौपाने अहिले जापानमा ब्रेन ट्यूमरको अप्रेशन गरेर बसेका छन् । उनकी श्रीमती पाल्पाली चेली पुष्प अर्याल न्यौपाने श्रीमान पिउ नारायणको सेवामा छिन । झन्डै चार महिना भयो यो जोडीलाई हस्पिटल र अपार्टमेन्ट आउजाउ गर्दैमा ठिक्क छ । कामबाट बिदा लिएका छन् । "भगवानले हाम्रो कुरा सुन्नुभयो । तेस्रो चरणमा पुगेको ट्युमरको सजिलै उपचार भयो र श्रीमान अहिले सोचेभन्दा राम्रोसंग सन्चो हुदै हुनुहुन्छ । डाक्टरले चमत्कार भयो भनेका छन् ।" श्रीमती पुष्पाले भनिन । यो जोडीलाई अहिले सहयोगको खाँचो छ । जापानमा रहेका केहि संस्थाले सहयोग संकलन गरिसकेका छन् । जापानको साईतामा केनमा उपचार गराईरहेका पिउ नारायण न्यौपानेलाई पाल्पा समाज जापान र रामपुर जापान संम्पर्क मंचले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेको छ । आईतबार न्यौपानेकै निवासमा पुगेर पाल्पा समाज जापानका महासचिव बविन राना र कोषाध्यक्ष सुमन न्यौपानेले १ लाख ७८हजार १०७ जापानिज एन हस्तान्तरण गरेका हुन् । दुबै संस्थाले न्यौपानेको उपचारकालागि “आर्थिक सहयोग अभियान” सन्चालन गरेका थिए । पाल्पा समाजका अध्यक्ष निरंजन गैरेले सहयोगी मनहरु सबैमा हार्दिक धन्यबाद दिदै बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।   रामपुर जापान संपर्क मंचका अध्यक्ष बिनोद आचार्यले विश्व आक्रान्त बनाएको कोरोनाको कहरलाई भूलेर आफुहरुको सहयोग अभियानमा हातेमालो गर्नुहुने सबैलाई धेरैधेरै धन्यवाद दिदै रामपुर जापान संम्पर्क मंच “आफू पनि बच अरुलाई पनि बचाउ” भन्ने अभियानमा सदा लागिपरिरहने जानकारी दिनुभयो । "हामीहरुले समस्या थाहा पाएपछि छलफल शुरु गरेका छौं । सबैले थोरै थोरै सहयोग गरेर उहाँहरुको समस्या समाधानमा साथ दिनेछौं ।" जनसम्पर्क समिति जापानका उपसभापति पिताम्बर चापागाईंले नेप्लिज डायस्पोरासंग भन्नुभयो । यो जोडीलाई अहिले सहयोगको खाँचो छ । पुष्पा नेपालमा सामाजिक काममा सक्रिय ब्यक्ति हुन् । जापानमा आएको धेरै भएको छैन तर जापान र नेपालका बिभिन्न सामाजिक काममा पनि सहयोग गरिरहेकी पुष्पा र उनका श्रीमानलाई जापानमा सहयोगको खाँचो छ । आशा छ, यहाँका सबै संस्थाहरु र सहयोगी मनहरुले स्वतस्फुर्त सहयोग गर्नुहुन्छ । सहयोग र साथ पाएपछि खुशी पुष्पाले नेप्लिज डायस्पोरालाई गरेको म्यासेज । अमेरिकामा कोरोनाको अवस्था कस्तो छ ? पत्रकार सतिश चापागाईंसंग देबेन्द्र केसीको बिस्तृत कुराकानी https://youtu.be/UzL5FOvCu7g

images
प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - ०८:४३:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend