Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सिंहदरबारको बाटोभरि अस्थिपन्जर सजाउनु (कविता) -प्रियरंजन दाहाल

सिंहदरबारको बाटोभरि अस्थिपन्जर सजाउनु (कविता) -प्रियरंजन दाहाल

नेप्लिज डायस्पोरा

११, बैशाख २०७७
images
दिनभरको श्रमले बेलुका, छाक टार्नेलाइ जनता भन्छन तिनको कमाइमा कर लगाएर शासन गर्ने यहाँ नेता बन्छन जनतालाइ सपनाको आकाश देखाएर , सत्ताको बिमान चढ्नेहरु तिनको पिडाको आँसुमा स्वार्थ र शक्तिको पौडी खेल्नेहरु, बरु गोहीको आँसुमा कुनै दिन प्रेम देखिएला सर्पले डसेकोमा क्षमा मागेको भेटिएला तर शासकमा दया,माया चिम्टि पनि भेटिदैन, सत्ताको लोभ ब्रम्हानालमा सुताउदा पनि मेटीदैन || आफ्नो जीवन, अर्काको शरीर काटी काटी बचाउछन तर भोकको आगोमा ढडेको , मृत्युको त्रासले जलेको जनतालाई सरकारको आदेश मान्न, डण्डा लगाउछन | खाली पेटमै मर्नु परेपछि आमाको कोखमा मर्न देउ सन्तानको पिरले बितेका अभिभावकको घरमै श्राद्ध गर्न देउ हो तिम्रो मृत्युमा पुरै देश रुन उर्दी लगाउनु अछुत जनता जल्ने पशुपति हैन बरु तिमि जल्ने बेग्लै घाट बनाउनु केहि प्रतिशत प्रतिपक्षलाइ पनि छुट्याउनु समाजवादी ,साम्यवादी ,उदारवादी ,राजावादी घाटको नाममा आफै डड्ने ठाउंमा पनि कमिशन र भागबण्डा लगाउनु || अहिले जीवित मान्छेहरु सडकमा लडेका छन् कुनै दिन लासको रास थुप्रिए भने जीवितमा हैन लासमाथि शासन गर्ने भनेर परिचय बनाउनु सिंह दरबार अगाडीको बाटोभरि नेपालीको अस्तिपंजर सजाउनु

images
प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार - ११:५२:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend