Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाल स्वयंसेवक संघ रुपन्देहीले गर्यो खाद्यान्न सहयोग

नेपाल स्वयंसेवक संघ रुपन्देहीले गर्यो खाद्यान्न सहयोग

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
  कोटिहवा, (कोभिड १९) प्रजातिको एक भाइरसले अहिले विश्वलाइ नै आतंकित बनाइरहेको बेला "सेवा नै धर्म हो।" भन्ने हेतुले नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी रुपन्देही र प्रचार-प्रसार समिति ५ नम्बर प्रदेशको संयुक्त योजनामा रुपन्देहीको कोटिहवामा रहेको श्री दुर्गा संस्कृत वेदवेदाङ्ग विद्यापीठका करिब ४५ जना विद्यार्थीहरुलाइ केही दिनको लागि खान पुग्ने रासन हस्तान्तरण गरेको छ । कार्यक्रममा जिल्ला कमिटि अध्यक्ष निता भण्डारी , प्रचार-प्रसार समिति प्रदेश नम्बर ५ को अध्यक्ष सुवास बेल्बासे , सोही पीठका प्राचार्य नारायण भट्टराई , शिक्षक गजल पाण्डे , समाजसेवी आयुषाको उपस्थितिमा अध्ययनरत बालबाकिलाई रासन हस्तान्तरण गरिएको थियो । यसो गर्दा तत्काल लकडाउन नखुले पनि हामी भोक भोकै दिन कटाउन पर्ने छैन भनी बालबालिकामा खुसी छाएको देखिन्थ्यो । नेपाल स्वयंसेवक संघ सदैव सत्कर्मको बाटोमा लाग्नेछ जिल्ला कमिटी रुपन्देही जस्तोसुकै परिस्थितिमा पनि मानव सेवामा लाग्ने र मानवीयताको उदाहरण दिने संस्थाकी अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो। त्यस्तै विद्या पीठका प्राचार्य भट्टराईले पनि यस्तो बिषम परिस्थितिलाई बुझेर गरेको यो सहयोगको सदैव मूल्याङ्कन र संस्थाप्रति सधै साथ रहने जानकारी गराउनु भयो , जिल्ला कमिटि अध्यक्ष निता भण्डारी र कार्यक्रम संयोजक सुवास बेल्बासेको पहलमा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - २०:४७:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend