काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार रहन आफूनिकट सांसदहरुलाई निर्देशन दिनुभएको छ । प्रचण्ड र माधव नेपाल पक्षले आफूलाई हटाउन हरसम्भव प्रयास गरिरहेको र त्यो प्रयास सफल नभए पार्टी फुटाउनेसम्मको योजना बनाएको जानकारी सांसदहरुलाई गराउँदै प्रधानन्त्री ओलीले उक्त परिस्थितिका लागि मानसिक रुपमा तयार रहन आफूनिकट सांसदहरुलाई निर्देशन दिनुभएको हो ।
प्रचण्ड र माधव नेपालले आफूविरुद्ध घेराबन्दी गरेको दुखेसो प्रधानमन्त्रीले सुनाउनुभएको सांसद विजय सुब्बाले जानकारी दिनुभयो । उहाँहरु जस्तो जेसुकै पनि गर्ने हिसाबले अघि बढ्नुभएकोले त्यसको सामनाका लागि मानसिक रुपमा तयार रहन प्रधानमन्त्रीले आफहरुलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको भनाई उदृत गर्दै सांसद सुब्बाले बताउनुभयो ।
दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएपछि उत्पन्न विवादले नेकपालाई फुटको संघारमा पु¥याएको छ । पार्टी भित्रबाट चर्काे विरोध भएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिइसकेपनि ओलीले स्थिति थाम्न सकिरहेका छैनन् । नेकपाको प्रचण्ड र माधव नेपाल खेमाले यो विषयलाई नैतिक प्रश्नका रुपमा उठाउँदै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन कसरत गरिरहेको छ । कोरोना कहरकाबीच मुलुकमा उत्पन्न राजनीतिक परिघटनाले आम नागरिक भने अचम्मित बनेका छन् ।
अडियो सहितको थप समाचार