Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कांग्रेस नेता रामचन्द्र पौडेललाई जापान सरकारद्वारा उत्कृष्ट विभूषण प्रदान

कांग्रेस नेता रामचन्द्र पौडेललाई जापान सरकारद्वारा उत्कृष्ट विभूषण प्रदान

नेप्लिज डायस्पोरा

१८, बैशाख २०७७
images
  काठमाडौं । जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने निर्णय गरेको छ। एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको उक्त अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जापानस्थित नेपाली दूतावासले जनाएको छ । जापान सरकारले बिहीबार मात्र यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । पौडेलले सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

images
प्रकाशित मिति :बैशाख १८, २०७७ बिहिवार - ०६:५०:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend