Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

विदेशबाट नेपाली ल्याउन सजिलो छैन -प्रधानमन्त्री

विदेशबाट नेपाली ल्याउन सजिलो छैन -प्रधानमन्त्री

images
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई ल्याउन सजिलो नसकिने बताएका छन् । अमेरिका र कतारले नेपालमा रहेका आफ्ना १ सय जना नागरिक फिर्ता लगेजस्तो सजिलो नेपाललाई नभएको उनले बताए। संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरुको प्रश्नको उत्तर दिदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुखलगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले सुनाए । साथै समस्यामा परेका नेपाली नागरिकहरूलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको बताए । विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भनेर भन्न मात्र सजिलो भएको तर तयारी गर्न र ल्याउन गाह्रो भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भने, "ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।"

images
प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - २१:५०:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend