Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपालमा सलह कीरा आउने डर

नेपालमा सलह कीरा आउने डर

नेप्लिज डायस्पोरा

१४, जेठ २०७७
images
अफ्रिकी मुलुकबाट अरबियन देशबाट शुरु भएको मानिएको सलाह किरा एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको पछी नेपालमा पनि आउने सम्भावना बढ्दै गएको छ। यसैलाई मध्ये नजर गरेर सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको संचार मध्यमलाई बताएका छन् । उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए। सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ। सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ। https://youtu.be/FleLrvlAFgE सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सूदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ। सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्ता केसीले बताए। उनले सलह कीराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताए। यो आयो भने ठूलो संख्यामा आउँने , करोडौंको संख्यामा आउँने बिज्ञहरुको भनाई छ । यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ। हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नु बाहेकको विकल्प हुँदैन। विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ। आइहाल्यो भने पनि हामी त्यसको लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरुको उपलव्धताको बारेमा तयारीको प्रक्रियामा लागिसकेको बुझिएको छ। यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १७:१९:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend