Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्याङ्जाका सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको उद्धार

स्याङ्जाका सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको उद्धार

नेप्लिज डायस्पोरा

२०, जेठ २०७७
images
स्याङ्जाका सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको उद्धार

काठमाडौँ । भारतको मुम्बईमा अल्पत्र परेका ८१ जनालाई नेपाली दुई दाजुभाइको पहलमा उद्धार गरिएको छ । नेपालको स्याङ्जा, पाल्पा र नवलपरासीका गरी कुल ८१ जना हिजो नेपाल आइपुगेको उद्धारकर्ता सागर भण्डारीले जानकारी दिनुभयो । उनीहरुलाई आ आफ्नो गाउँको स्थानीय सरकारले क्वारेन्टाइनमा राखेका छन् । स्याङ्जाको गल्याङ् नगरपालिका वडा नं. ९ का सागर भण्डारी र शलिकराम भण्डारीको पहलमा उनीहरुलाई नेपाल ल्याइएको हो । सागर र शालिकरामले मुम्बइमा रहेका स्याङ्जालीहरुलाई उद्धार गर्न पटक पटक आग्रह गरेपछि स्याङ्जाकै सांसद समेत रहनु भएकी भूमि सुधार मन्त्री पद्यमा अर्याल र नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले नेपालबाट आवश्यक प्रवन्ध गर्नुभएको थियो । उद्धार गरिएका नेपालीहरुसँगै आउनु भएका शालिकरामले उनीहरुलाई उद्धारका लागि मन्त्री अर्याल र अध्यक्ष पारसले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै कृतज्ञाता ज्ञापन गर्नुभयो । आफुहरु अहिले नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको र सवै प्रक्रिया पुरा गरेपछि मात्रै घर जान पाइने भएकाले धेरै खुशी लागेको उहाँले बताउनुभयो । उहाँले केहीदिन पहिले आफुहरुलाई उद्धार गर्न आग्रह गर्दै मन्त्री अर्याललाई लेखेको पत्र विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि मन्त्री अर्याल र अध्यक्ष पारसले सहयोगका लागि सक्रियता देखाउनु भएको थियो । उद्धार गरिएकाहरुलाई मुम्बईबाट सुनौलीसम्म आफुले दुई ओटा गाडीको व्यवस्था गरिदिएको र सुनौली नाकादेखि आ आफ्नो गाउँसम्म लैजानका लागि अध्यक्ष पारसले गाडीको व्यवस्था गरिदिएको उद्धारकर्ता सागर भण्डारीले जानकारी दिनुभयो । लामो समयदेखि मुम्बईमा रोजगारीका लागि बसेर पनि नेपालीको सेवामा अहोरात्र खट्ने सामाजिक अगुवा सागरसँग भारतका सरकारी अधिकारीहरुको राम्रो सम्वन्ध रहेको छ । भारतका सरकारी अधिकारीहरुको अनुमती र सहजीकरण विना नेपालीले आउन नपाउने भएकाले उनीहरुसँग अनुमती लिने व्यवस्था सागरले नै गर्नुभएको थियो । त्यसका लागि नेपालको तर्फबाट चाहिने कागजपत्र अध्यक्ष सागरले जिल्ला प्रशासन कार्यालय र सम्वन्धीत नगरपालिकाबाट बनाईदिनु भएको थियो । सामाजिक अगुवा सागर भण्डारीको संयोजकत्वमा उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गरिदिन आग्रह सहित लेखिएको पत्रपछि उनीहरु नेपाल आउन पाएका हुन् । उद्धार गरिएका सवैले मन्त्री अर्याल, अध्यक्ष पारस र उद्धारकर्ताद्धय सागर, शालिकरामप्रति कृतज्ञाता ज्ञापन गरेका छन् । समाजसेवा सागर भण्डारीसँग नेपाली रेडियो नेटवर्कका लागि पत्रकार शतिस चापागाईले गरेको कुराकानी तलको लिंकमा हेर्न सक्नुहुन्छ । https://www.facebook.com/nepalesediaspora/videos/886062925230130/UzpfSTEwODQzMDk1NDI6MTAyMTk5OTQzNjQ3MDQ0OTE/?__xts__[0]=68.ARARUc1GgBqdD5fcRx8klhJbAti3cpr8YyeFWyILT-C1eR3ISAUONJg6ADajNA1estHcNP2hWsRo_sEG8N029dmegOVRorTqLPAlpAQZDBHYYlQe3xwbaqQAC0iGtT8-VirkcG4mmMykMBtoA3W-oTAq-zYwrxjj-1TBimGdebZSySNOyu6rmmmOOKqZPbvVQYcUuNqPLfVJrlhu1NgB252sWaS6FHDqkN2SftZavfaFm5hglRouv6Oz4VqfY-AeAfYKRcdkMLEsrfE_yOmvey42JCjtGwaZxFu1FLaPhDnasHisIL98I-rObDweH-WbTNQL5iQyGgSnp4uAzvCxb7lk4irqMyUcjlaiEg&__tn__=K-R

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - ०४:२३:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend