Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दोस्री आमा अमेरिका -मृदुला आचार्य

दोस्री आमा अमेरिका -मृदुला आचार्य

नेप्लिज डायस्पोरा

२०, जेठ २०७७
images
दोस्री आमा अमेरिका -मृदुला आचार्य

मेरी प्रिय
तिमी घाइते भएकी छौ
आलो घाउले आहत भएकी छौ
कोभीड १९ लागेको छ
तिमीलाई
आइ सी युमा
मृत्यु शैयाबाट उठेर
तङ्रन के लागेकी थियौ
जातीय रँगभेदी आगोको लप्काहरूले
तिमी अर्धनग्न भएर जलेकी छौ
तिम्रो जीवनको कहिल्यै
नबिर्सिने बज्रपात होला सायद ।

वा ! एक्काईसौ शताब्दी
आफैलाई चिमोटेर सोध्नु पर्ने
मान्छेले मान्छेलाई निचोरेर मार्ने
अकालमा निर्ममता पूर्वक
आफ्ना मारिदा
कस्को छाती चर्कन्न र ?
ओभानो रहलान र ऑखाहरू
नरोलान आमा दिदी बहिनी
एक भाइको छातीमा अर्को भाइ चढ्दा
भिडभाड र सडकमा
पानी माग्दै प्राण पखेरूजॉदा
त्रास नमान्लान र सन्तानहरू ?।

हे ! लेडी लिवर्टी,
स्वतन्त्रताकी रानी
लाखौ सपनाहरूको देश
म तिम्रो पाउ चुम्न चाहन्थे
तिम्रो न्यानो अँगालोमा बॉधिन चाहन्थे
हज़ारौ सुरक्षित सपना बुन्थे
तिम्रा शान र सौकतको गर्व लाग्थ्यो
जसरी बर पीपलले हॉगा फैलाउदा
सयौ स सना बिरूवा मार्दछ
तिम्रो अश्तित्व र बर्चश्व बढ्दै जॉदा
एकाध थिचोमिचो भयोहोला
ईतिहासको पानामा एक दुईहरफ
ज़्यादती पनि लेखियो होला
तिमी ठूली भएकोमा
घमण्ड पनि चढ्योहोला
त्यो स्वीकार्य छ । म गर्व गर्छु तिमीमा ।

हेर त तेश्रोविश्व र
मेरी पहिला आमा नेपाल तिर
तिम्रो बैवभ, शान, शैल, पौरख
स्वभावबाट जलन भएका रहेछन्
आज यो असहज महामारीमा
वा ! वा ! अमेरिका गायिरहेका छन्
तिम्रो उपहास र वर्वादीका
तानाबाना बुनिरहेका छन
तर म किन्चित भयभीत छैन
यो मानवीय स्वभावको अर्को पाटों हो ।

एक नम्वरकी तिमी
जीवन, जगत, र विज्ञानकी जननी
एक्काईसौ शताब्दी महारानी
तर
कसरी चुक्यौ कोभिड सँग
तिम्रा सन्तानको मृत्यूदर गनेर
कसरी मौन बस्न सक्छ्यौ तिमी
चिहानमा गाडिएको लाशहरू
हेर्दै बग्ने ऑशुका नदीहरूले
अर्को विश्वयुद्ध सम्झाई रहेछन् ।
लोग्ने र स्वास्नी मान्छेको जात तोड्यौ
रँगभेद र जातीभेदको बिष मिल्कायौ
ओरोलो लागेको अर्थतन्त्रलाई
टुलुटुलु हेरेर लुट्न दियौ
कोभिडको बिरामीले थलिएका कलीला
व्यवसायमा दनदनी आगो सल्कायौ
तातो तोतो रोजी रोटीको
सपनाहरूमा तुषारापात किन गर्यो ?

बितेको समय फर्कदैन
नत बगेको खोला नै
यथास्थिति र सकुसलतामा पुग्न
तिमीलाई लामो हिमाल चढ्नु पर्नेछ
उध्योलित सपना बोकेर
चिहाईरहेका तिम्रा
ससना नव सन्ततिलाई के सान्तवना दिन्छ्यौ
अपरटुनिटीको देश
भनेर सपना देख्ने ती कलिला ऑखामा
कसरी भरोषा दिन्छ्यौ ।

हरेक बर्षा पछि पारीलो घाम आउँछ
अध्यारो रातले कलिलो दिन ल्याउछ
सभ्भावनाको देश मेरी दोश्री आमा तिमी
भत्केर बनेको ईतिहास साक्षि छ
नव बिहानी छुट्टै आउँछ ।
हो पक्कै आउने छ
मेरो कर्मभूमी अमेरिका, मेरी दोश्री आमा
ईतिहासको नव बिहानी चॉडै आउँछ ।

 

ओमाहा, नेब्रास्का

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १३:३८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend