जब उनी फूल तान्छिन, तर म चुपचाप बस्छु
उनी बात मार्न चाहान्छिन, तर म चुपचाप बस्छु ।
आउँछिन् सबेरै घरकाे दिवालबाट चियाउन
प्यार चुँडाएर लान्छिन, तर म चुपचाप बस्छु ।
एकजाेर ढुकुर तारमा सँगै बसेर ठुँड जुधाउँदा
हेर्दै मलाई राजा मान्छिन, तर म चुपचाप बस्छु ।
थुक निल्छिन् घुटुघुटु मुहारमा एकाेहाेरिँदै
नजरले चरप्प बाँन्छिन, तर म चुपचाप बस्छु ।
पुलुक्क हेरेर मैले उनलाई, मुस्कुराउँछु मात्रै
लजाउँदै घर जान्छिन, तर म चुपचाप बस्छु ।
तानसेन-३ पाल्पा