मुक्तक - १
मौका अब यही हो आफ्नो, मनोमानी गरिराख छिमेकी
संकटको बेला रोज्दै अझै, नुनचुक छरिराख छिमेकी
साँच्चै निकटतमको बाहनामा, साँध मिच्ने चाहनामा
शानले हाम्रै बुइ चढ्दै, मेचीकाली तरिराख छिमेकी ।
- संघर्ष प्रयासी
हुँगा गुल्मी ।
मुक्तक - २
बेला अायाे साँच्चै छिनोफानो गर्ने बेला अायाे
अाफ्नाे भूमि फिर्ता लिन लागि पर्ने बेला अायाे
कतिन्जेल छिमेकीको अातङ्कमा पर्ने हामी ?
अब निर्णायक भई मार्ने, मर्ने बेला अायाे ।
- शर्मिला कार्की "शरु"
काठमाण्डौ ।
मुक्तक - ३
किन गिद्दे नजर लगाउँछौ यो देशमा जहिले पनि
हाम्रो अस्मिता र स्वाभिमानमा खेल्ने अहिले पनि
बन्द गर यो भाई भाई भन्दै पिठ्यूँमा छुरा हान्ने काम गोर्खालीको कदम बढेपछि हट्दैन फेरि कहिले पनि ।
- सुरेश वैद्य
काठमाण्डौ ।
मुक्तक - ४
सही न सक्नु चुरीफुरी,अब कस्लाई कहने हो र ?
कैयौं जमीन गुमाइसक्यौं, अझै चुप्चाप रहने हो र ?
सानो भनेर हेपिनु कति, निर्धो चेपिनु कति
छिमेकीको मनोमानी, यो भन्दा कति सहने हो र ?
✍️ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
मुक्तक -५
वीर गोर्खा लड्न सक्छौँ, रहुन्जेल आड र सास्
अत्याचार सहँदैनौ, बुरा नजर पार्नेछौ खल्लास्
सन्धि पालना गर्नु, हाम्रो भूमी छुने कोशिस नगर्नू
हेपाहा प्रवृत्ति नछाडे, फाँसीको फन्दामा पर्लास् ।
- बालकुमार क्षेत्री" साइनो"
हाल: अफगानिस्तान
संकलन : गोम बिक्रम