पोखरा । गण्डकी प्रदेश अन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सोमबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा ३ जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
संक्रमण हुनेहरुमा गैंडाकोट नगरपालिका स्थायी घर भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ३३ र ३९ का २ पुरुष छन्। यस्तै, कावासोती नगरपालिकामा क्वारेन्टिनमा रहेका वर्ष २१ र २ ४० का २ जना पुरुषसहित ६३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि
प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।