Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

यसपाली एसईई परीक्षा नहुने, आन्तरीक मूल्याङ्‍कनबाटै

यसपाली एसईई परीक्षा नहुने, आन्तरीक मूल्याङ्‍कनबाटै

नेप्लिज डायस्पोरा

२९, जेठ २०७७
images
यसपाली एसईई परीक्षा नहुने, आन्तरीक मूल्याङ्‍कनबाटै

 

कोरोना महामारीका कारण स्थगित भएको कक्षा १० को एसईई परीक्षा हुने वा नहुने भन्ने बिषयले बिद्यार्थीहरुलाई झनै अन्योलमा पारेको छ ।गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् ।मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ ।

त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिनेछ ।

 परीक्षा आन्तरीक मूल्याङ्‍कनबाटै

लकडाउनका कारण अवरुद्ध कक्षा १० को एसईई परीक्षा यो बर्ष नहुने भएको छ । आज साँझ बसेको मन्त्रीपरिषद बैठकले अब एसईई परीक्षाको साँटो आन्तरिक मूल्याङ्‍कनबाटै बिद्यार्थीको नतिजा निकाल्ने निर्णय  गरेको हो ।

यस वर्ष नियमित परीक्षा नै नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने छ । यद्यपी एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिईने भएको छ । अबेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

 
 

 

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०१:५३:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend