विदेश जाने व्यक्तिहरूले कोरोनाभाइरस परीक्षण गर्न नेपाल सरकारले काठमाडौँका तीन वटा अस्पताललाई तोकेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न सुझाएका छन्।
यी तीन वटै अस्पतालमा पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ। यो भन्दा अगाडी जुनसुकै प्रयोगशालामा परीक्षण गर्न मिल्ने सुविधा थियो।
यीबाहेक राजधानीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पिसिआर परीक्षण हुन्छ।