Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नवराजसहित ६ जनालाई भाग्दा भाग्दै ढुंगाले हानेर मारिएको प्रहरीको निष्कर्ष

नवराजसहित ६ जनालाई भाग्दा भाग्दै ढुंगाले हानेर मारिएको प्रहरीको निष्कर्ष

नेप्लिज डायस्पोरा

१, आषाढ २०७७
images
नवराजसहित ६ जनालाई भाग्दा भाग्दै ढुंगाले हानेर मारिएको प्रहरीको निष्कर्ष


काठमाडौं । पश्चिम रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। उक्त निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ। मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय विग्रिएको थियो । तैपनि लान सकिन्छ कि भनेर युवक साथीहरु लिएर युवतीको घरमा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागेको भन्दै एक अनुसन्धान अधिकारीले भने, ‘उनीहरुलाई छेक्नलाई तल मान्छे राखिएको पाइएको छ ।’ यो कार्यमा संलग्न ३४ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । त्यसमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाइलगायतलाई प्रतिवादी बनाएको पश्चिम रुकुमका उपन्यायधीवक्ता केशव चापागाईले बताउनुभयो। चापागाईका अनुसार प्रतिवादीलाई आजीवन जन्मकैदको माग गरिएको छ। प्रतिवादीमध्ये चार जना महिला र बालबालिका छन् ।

सबै प्रतिवादीमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको प्रहरीको भनाइ छ । प्रतिवादीले समेत यसलाई स्वीकार्दै बयान दिएका छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप हुँदा नवराजसहित ६ जनाको ज्यान गएको थियो।

 

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०३:३२:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend