Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुम्बइमा रहेकी नायिका निरिषा बस्नेतलाई कोरोना संक्रमण

मुम्बइमा रहेकी नायिका निरिषा बस्नेतलाई कोरोना संक्रमण

नेप्लिज डायस्पोरा

३, आषाढ २०७७
images
मुम्बइमा रहेकी नायिका निरिषा बस्नेतलाई कोरोना संक्रमण

काठमाडौँ । नायिका निरिषा बस्नेतलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनी अहिले मुम्बइमा छिन् । इन्स्टाको कमेन्ट बक्समा उनलाई थुप्रै सुवेच्छुकहरुले चाँडै निको हुने भन्दै आत्मविश्वास बलियो बनाउन आग्रह गरेका छन् । कोरोना भाइरस भएको समाचार उनी आफैले सार्वजनिक गरेकी हुन ।

गत वर्ष उनले अभिनय गरेको नेपाली चलचित्र नेपालमा रिलिज भएको थियो । उनी अहिले बलिउड प्रवेशका लागि मुम्बइमा संघर्षरत छिन् । उनले बलिउडको एक टेलिचलचित्रमा काम गरिसकेकी छिन्

नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषालाई नेपाली काकर्मीहरुले सिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् ।

मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानीबाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरि सकेकी छिन् ।


शिला आलेले हाँस्दै खोलिन आफ्नो दुखद बिगत

 

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - ०४:१५:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend