काठमाडौँ
बर्खा लाएसगैँ गाउँघरतिर खेतीपाती गर्नेकाे लर्काे सुरू हुन्छ, कुनै जमानामा जब असारे बर्खा सुरु भएर नयाँ खेतिपाती गर्नेको माहोल बन्थ्यो त्यतिबेला जताततै असारे गित गाएर रमाईलो गर्ने चलन थियो । अचेल आधुनिक जमानासगँ ति पुराना परम्परा हराएका छन् । त्यहि पुरानो गाउँले परम्परालाई उजागर गर्दे नयाँ पुस्ताका युवा गायक रामचन्द्र चन्दले मौलिक असारे गित “साईला दाई” बजारमा ल्याएका छन् ।
उत्त असारे गितमा पुरानो रोपाई संस्कृतिलाई चित्रण गरिएको छ । गुल्मी जिल्लामा जन्मेका गायक तथा सर्जक चन्दलाई महिला स्वरमा साथ दिएकी छिन् चर्चित गायिका बन्दना पाण्डेले ।
प्रदिप प्रखर पोख्रेल र कृष्ण चन्दको शब्द रहेको गीत साईला दाईमा गायक चन्द कै लय रहेको छ । रामचन्द्र चन्दले आफ्नै युट्युबबाट सार्बजनिक गरेका छन् । दिपक लामीछाने र शुभेक्षा रेग्मीको अभिनय रहेको म्युजिक भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ भने बसन्त महर्जनले खिचेका छन् ।
भिडियो हेर्नुहोस