Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पाको पहिरोमा दुईको मृत्यु, ब्याक गर्दा गर्दै गाडीहरु बगे

पाल्पाको पहिरोमा दुईको मृत्यु, ब्याक गर्दा गर्दै गाडीहरु बगे

नेप्लिज डायस्पोरा

९, आषाढ २०७७
images
पाल्पाको पहिरोमा दुईको मृत्यु, ब्याक गर्दा गर्दै गाडीहरु बगे

 

रामचन्द्र रायमाझी


पाल्पा, जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म उनीहरुको पहिचान खुल्न सकेको छैन ।


तानसेनबाट रिडीतर्फ जाँदै गरेका गाडीहरु सोही स्थानको जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । सडकमा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जिप, लु.१ प.१९२८ नम्वरको पानी ट्यांकर,लु.२ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । स

डक तलबाट प्रहरीले दुई जनाको शव निकालेको थियो । उक्त पहिरो डेढ सय मिटर लामो छ । पहिरोमा परी एउटा गाडी क्षतविक्षत अवस्थामा छ, भने अर्को गाडी भीरमा अड्किएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गीरीले जानकारी दिए ।

करिब ४ः३० बजेको समयमा पहिरोले गाडी बगाएको भन्ने खबर प्राप्त हुन साथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । सुरक्षा निकायका व्यक्तिहरु राती अवेरसम्म उद्दारमा खटेपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेकाले उद्दारमा कठिनाई भएको थियो । पहिरोमा अन्य व्यक्तिहरु पनि रहन सक्ने प्रहरीको अनुमान रहेको छ ।Source:Shittalpati.com

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - ००:४०:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend