काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् ।
बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले आफू निराश बनेको अनौपचारिक प्रतिक्रिया दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
जेठ २ को सहमतिको स्मरण गरेका हुन् । सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो नभएको उनले बताएका छन् ।
‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’
पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न सक्ने काम पनि नगरेको प्रचण्डको विश्लेषण छ ।
बाँकि समाचारका लागि अनलाइनखबरबाट