Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पर्यटन मन्त्री योगेश भट्टराई ‘जुम मिटिङ’मा बोल्दाबोल्दै एक्कासी पोर्न भिडियो बजेपछि…

पर्यटन मन्त्री योगेश भट्टराई ‘जुम मिटिङ’मा बोल्दाबोल्दै एक्कासी पोर्न भिडियो बजेपछि…

नेप्लिज डायस्पोरा

११, आषाढ २०७७
images
पर्यटन मन्त्री योगेश भट्टराई ‘जुम मिटिङ’मा बोल्दाबोल्दै एक्कासी पोर्न भिडियो बजेपछि…

 

८ असार २०७७, सोमबार
काठमाडौँ।

पछिल्लो समय ‘जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ। कोरोना भाइरसको जोखिमका कारण मानिसहरु भर्चुअल मिटिङमा सहभागि हुने गरेका छन्। तर, सोमबार भने भर्चुअल मिटिङमै एउटा अनौठो घटना घटेको छ।

नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।

जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भयो।

मन्त्री बोलिरहँदा एक्कासी अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीले पाेर्न भिडियो प्ले गरेको थियो।

त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गर्‍यो।

२ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।

बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।

‘हामीले त्यसबारे छानबिन गरी रिपोर्ट गर्नका लागि बोर्डलाई निर्देशन दिइसकेका छौं। उहाँहरूले अहिले त्यसैमा काम गरिरहनुभएको छ,’ सचिव अधिकारीले भने। Source:Voiceofnepal.com

 

 

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १७:२७:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend