Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आचरण विपरीत गतिविधी गरेको भन्दै जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन, उपसभापति धनन्जयको असमति, महासचिव मुनिन्द्रको फरक मत

आचरण विपरीत गतिविधी गरेको भन्दै जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन, उपसभापति धनन्जयको असमति, महासचिव मुनिन्द्रको फरक मत

नेप्लिज डायस्पोरा

२२, आषाढ २०७७
images
आचरण विपरीत गतिविधी गरेको भन्दै जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन, उपसभापति धनन्जयको असमति, महासचिव मुनिन्द्रको फरक मत

नेप्लिज डायस्पोरा
बाल्टिमोर, अमेरिका

अमेरिका– नेपाली जनसम्पर्क समिति अमेरिकाले पदीय आचरण विपरीत संस्थामा आच पुर्याउने गतिविधी गरेको भन्दै समितिका पुर्ब संयोजक विष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन गरेको छ ।

नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाका सभापति आनन्द विष्टको अध्यक्षतामा बसेको समितिको टेलिफोन कन्फरेन्स बैठकले सुवेदीलाई निलम्बन गरेको हो । विष्ट सहित २४ सदस्यीय कार्यसमितिको निर्णय बमोजिम उनलाई निलम्बन गरिएको अध्यक्ष विष्टद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान संयोजक एवं समितिका केन्द्रीय सदस्य विष्णु सुवेदी माथि गत हप्ता जुन २८, २०२० का दिन यूइल्याण्डमा सम्पन जुम बैठकमा आफू लगायत नेका पार्टी सभापति शेरबहादुर देउवा र समितिका सभापति आनन्द बिष्टलाई गालि गलौज र संस्थालाई आंच आउने गम्भीर बिषयहरू उलंघन गरेको भन्दै कारबाही गरि पाउन केहि सदस्यले राखेको प्रस्ताव उपर निर्णय स्वरूप अध्यक्ष आनन्द बिष्टले तत्काल लागु हुने गरी पदमुक्त गरेका थिए।

सुबेदीलाई कारबाही गर्ने निर्णयमाथि महासचिव मुनिन्द्र नेम्बाङ, केन्द्रीय सदस्य ज्ञानेद्र राज कार्की र केन्द्रीय सदस्य किलन राईले फरक मत राखेका थिए। उनीहरुले सुवेदी उपर परेको कार्वाहिको सिफारीसको सम्बन्धमा फरक मत राख्दै 'सभापति आनन्द बिष्टले आफ्नो अधिकारको प्रयोग गरी पूर्व संयोजक विष्णु सुवेदीलाई मनोनित केन्द्रीय सदस्यबाट पदमुक्त गरेको जानकारीका सम्बन्धमा संगठनका हितका निमित्त पुन विचार गर्न आग्रह गरेका थिए । कुनै पनि आरोपितलाई जुनसुकै कारवाही गर्नु अगाडि निजलाई लगाएको दोषारोपनको बारेमा आफ्नो भनाई तथा राय राख्ने अवसर दिनु पर्ने र निजबाट स्पष्टीकरण प्राप्त भए पनि या नभए पनि थप आवश्यक निर्णय केन्द्रीय समितिको बैठकबाट मात्र गरिन्नु पर्ने राय राखेको बुझिएको छ।

तर बैठकमा उपस्थित दुई पदाधिकारीहरुले पूर्ण असहमती राखेका थिए। बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसि र सदस्य प्रमोद सिटौलाले कारबाही नगर्न सुझाब दिएको बुझिएको छ।


यस निर्णयको पक्षमा समर्थन जनाउने कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू यस प्रकार छन्:
१ सभापति- आनन्द विष्ट, उप-सभापति- धर्म राज श्रेष्ठ, उप-सभापति-भगवान मैनाली, उप-सभापति-चेत प्रसाद पौंडेल, उप-सभापति-केशब बराल, सचिव-भोजराज थोकर, सदस्य-वेद प्रसाद खरेल, सदस्य- सुवास लामा, सदस्य- लोक लामा, सदस्य-गोपाल बिश्वाकर्म, सदस्य-सुन्दर गुरुङ, सदस्य- अमृत भट्टराई, सदस्य- पिताम्बर भुषाल, सदस्य- रविन बस्नेत, सदस्य- सुभेन्द्र रानाभाट, सदस्य- पविता परिवार, सदस्य-मान्ती शाह, सदस्य-ओम भट्टराई, सदस्य- माया कडायत, सदस्य-सन्तोष पहरी, सदस्य- गौतम दाहाल, सदस्य - प्रमानन्द खनाल, सदस्य-गोविन्द लम्साल, r सदस्य- हरी शर्मा रहेको बताईएको छ। 

2.jpg

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०८:२४:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend