काठमाडौं, २७ असार । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा भरतपुरको पुरानो मेडिकल कलेजका दुई चिकित्सकसहित चार जना शनिबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अस्पतालका चिकित्सकद्वय डा. सुप्रभात श्रेष्ठ, डा.बालकृष्ण कालाखेती, कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल छन् ।
ललितपुर जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरु पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी नान्तिराज गुरुङ बताए । काठमाडौंबाट आएको मानव बेचबिखन ब्युरोको टोलीले उनीहरुलाई गिरफ्तार गरेको उनको भनाई छ ।