सरु गुरागाईंको स्वरमा रामायणको श्रीबालकाण्ड सार्बजनिक भएको छ।
आदिकविको २ सय सातौं जयन्तीको अवसर पारेर श्रीबालकाण्ड सार्बजनिक गरेको सरु गुरागाईंले बताउनु भयो। "पुरै रामायण वाचन गरेर एकल स्वरमा ल्याउदैछु" नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संस्था (ईञ्जा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा सरु गुरागाईंले भन्नुभयो। "शब्द उच्चारणमा बिशेष ध्यान दिएकी छु। गति यति र लय मिलाउन सक्दो प्रयास गरेकी छु।" सारुले बताउनु भयो ।
अहिले सार्बजनिक भएको रामायणको श्रीबालकाण्डमा १ सय ३९ श्लोक रहेको छ। यसको संगीत संयोजन संगीतकार मुरारि गुरागाईंले गर्नुभएको छ।
MURARI GURAGAIN OFFICIAL यु ट्युब च्यानलबाट यो भिडियो सार्बजनिक गरिएको मुरारी गुरागाईंले बताउनु भयो।