गजल
आउँदा भुइचालो एकै पल बिचार गर्नु है !
ढल्न सक्छ विशाल महल बिचार गर्नु है !!
~~
चोकमा बसेर बर्बाराउदै तिम्रो नाम लिने ,
पक्कै मै हुने छु त्यो पागल बिचार गर्नु है !!
~~
कहाँ , कसले , कति औकात पाउँदो रहेछ ,
मेरो यो मन हो होइन ओखल बिचार गर्नु है !!
~~
मलाई छाड्यौ उसलाई रोज्यौ भोलि अर्को ,
जिन्दगी यसरी हुदैन अब्बल बिचार गर्नु है !!
~~
मतला देखि मक्तासम्म तिमीलाई समेट्छु ,
पढ्यौ भने कतै मेरा गजल बिचार गर्नु है !!
(गीता अधिकारी नेप्लिज डायस्पोराकी हंगकंग प्रतिनिधि साहित्यकार हुनुहुन्छ। -सम्पादक।)