Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

'भुर भुर पुतली'को टिजर सार्बजनिक

'भुर भुर पुतली'को टिजर सार्बजनिक

नेप्लिज डायस्पोरा

२२, श्रावण २०७७
images
'भुर भुर पुतली'को टिजर सार्बजनिक

नेपाली सांगीतिक क्षेत्रमा पछिल्ला बर्षहरुमा अत्यन्त ठुलो लोकप्रियता हासिल गरेको नाम हो समिर आचार्य । झट्ट हेर्दा समिर युवा पुस्ता लक्षित गायक देखिन्छन् । तर उनका गीतहरु बालक देखी बृद्ध सम्म लोकप्रिय बन्दै आईरहेका छन् । हैन भन्देउन, मेरो दुनियाँ बेग्लै छ, चट्ट सलाम, पिचरोड, घाममा सुकाईदेउ घिनघिन मादल हुँदै स्यानोमा स्यानो, रेल गाडी, ब्याण्ड बाजा घाँगरा चोली सम्म आईपुग्दा उनका गीतहरु सर्वाधिक सफल रहे । उनको नयाँ गीत 'भुर-भुर पुतली' सार्वजनिकको अन्तिम तयारीमा छ ।

'भुर-भुर पुतली' पुतली गीतको छायांकन समेत सकिसकेको छ । गायक समिर र गायिका सुरेखा क्षेत्रीको युगल आवाज रहेको यस गीतमा नायक पुष्प खड्का र टिकटक मार्फत चर्चामा आएकी कलाकार गरिमा शर्माको अभिनय रहेको छ ।

राजेन्द्र भट्ट अर्थात मिस्टर आर जेको र नवराज कलाउनीको शब्द तथा मिस्टर आरजे स्वयंको संगीत रहेको यस गीतको टिजर सार्वजनिक भएसंगै दर्शक स्रोतामा पनि उत्साह थपिएको छ । संचारकर्मी किशन रेग्मी निर्माता रहेको यस गीतको कार्यकारी निर्माताका रुपमा उद्धव राज सिलवाल र रायन रायज रहेका छन् । बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोको टिजर हेर्दा यस पटक पनि समिरको गीतले पुरानै स्टारडम हासिल गर्ने देखिन्छ । सुदुर र मध्य पश्चिमको मौलिक भाषाको समेत प्रयोग गरिएको यस गीतको अडियो भिडियो नयाँ फ्लेवरका साथ धमकेदार शैलीमा सांगीतिक बजारमा आउने तयारीमा छ ।


तत्कालिन समयका लोकप्रिय गायक तथा संगीतकार डा. गोविन्द आचार्यका छोरा हुन् समिर आचार्य भन्ने कमैलाई थाहा होला । किनकी उनि आफ्नै खुविले सांगीतिक क्षेत्रमा स्थापित भएकाले उनलाई बुवाको नामको साहारा लिनै परेन । कक्षा ९ मा पढ्दा ओठको लाली बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रामा प्रवेश गरेका समिर । प्लस टु पढ्दाबाट नै राज जे का रुपमो मध्यपश्चििमको पहिलको एफएम स्टेसन रेडियो मध्यपश्मि र स्वर्गद्वारी एफएममा काम गरेका उनि २०६५ सालमा उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए । सो समय देखी अष्ट्रलियामा नै रहेका उनले २०६९ सालमा तरज र २०७१ सालमा बडा गज्जव नामका एकल एल्वम सार्वजनिक गरेका थिए । त्यस लगत्तै २०२७ सालमा होईन भन्देउन माया गीतले दिलाएको सफलता पश्चात उनि निरन्तर लोकप्रियता हासिल गर्दै आएका गायक हुन् ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०६:३७:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend