Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंग्रेजीमा छापियो, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंग्रेजीमा छापियो, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

नेप्लिज डायस्पोरा

३१, श्रावण २०७७
images
लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अंग्रेजीमा छापियो, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

 

काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ ।

नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण विभागले प्रकाशन गरेको हो ।

सन् १८१६ को सुगौली सन्धि लगायतका तथ्य तथा प्रमाणको आधारमा सरकारले ५ जेठमा लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरू, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् ।

विभागका महानिर्देशक प्रकाश जोशीले अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कुटनीतिक नियोक, समग्र अन्तराष्ट्रिय समुदायमा पठाउने बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने जानकारी दिए ।

सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । भारतद्वारा प्रकाशित नक्साहरूमा पनि लिम्पयाधुरासम्म नेपाल हो भन्ने स्पष्ट छ । रेडियो एनआरएनबाट।

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - ०६:००:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend