नेपालीहरु प्रवासमा श्रम र पसिना मात्र बेच्दैनन्, उनीहरु आफ्नो भाषा, सभ्यता, कला र संस्कृतीलाई विश्वब्यापी बनाउदै पनि हिंडेका छन्। त्यही मेसोमा नेपाली गीत संगीत पनि संसारभर फैलिदो छ। कोरोनाको कहरमा संसार ठप्प भएको बेलामा अमेरिकामा तीज गीतको म्युजिक भिडियो बनेपछी यसको पुष्टि भएको हो।
नेपालमा अहिले चर्चामा रहेकी गायिका एलिना चौहानको स्वर र बरिष्ठ संगीतकार बसन्त सापकोटाको शब्द र संगीतमा रहेको गीत अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा छायांकन गरिएको छ।
सिन्दुर पोते र गुन्यु चोलो लगाउन नजानेपनि नेपाली पर्व, संस्कृती र सभ्यतालाई मनमा बोकेर हिड्ने युवा पुस्ताको यथार्थतालाई गीतले जस्ताको तस्तै टपक्क टिपेको छ। छोटो समयमा बनेको म्युजिक भिडियोमा यसको निर्देशक सुरेश दर्पण पोख्रेलको टिमले अति नै मेहेनेत गरेको देखिन्छ।
गीतमा समाजसेवी र ब्यबसायी व्यक्तित्व द्वय ध्रुब वन्त र बिनोद उप्रेतीले लगानी गरेका छन । गीतमा चलचित्र 'लक्का जवान'की नायिका अनुसुया वन्त र पुर्ब संचारकर्मी सिर्जना खनाल उप्रेतीले मुख्य अभिनय गरेका छन्। सिर्जना खनाल उप्रेती नेपालमा हुँदा टेलिभिजनमा कार्यक्रम चलाउने गर्थिन भने अनुसुया वन्त बानाकी पुर्व अध्यक्ष हुन् । ध्रुब वन्त र बिनोद उप्रेती अमेरिकाका नेपाली समाजसेवी र सफल ब्यबसायी हुन्।
भिडियो हेर्नुहोस