Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डा केसी र सरकारबीच मध्यरातमा सहमती, अनसन आज तोडिने (सहमतिका बुँदाहरु सहित )

डा केसी र सरकारबीच मध्यरातमा सहमती, अनसन आज तोडिने (सहमतिका बुँदाहरु सहित )

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७७
images
डा केसी र सरकारबीच मध्यरातमा सहमती, अनसन आज तोडिने (सहमतिका बुँदाहरु सहित )



काठमाडौं । २८ दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसी र सरकारबीच अशनको मध्यरातमा ८ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डाक्टर केसीले सहमती भएपछि आइतबार (आज) बिहान साढे ९ बजे अनशन तोड्नुहुने भएको छ ।

बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको होे । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

डा. केसी ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।

स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उहाँ त्रिवि शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ ।

 

सहमतिका बुँदाहरु यसप्रकार छन् :

1.jpg

 

 

नेपाली नेटवर्क

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०७:३०:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend