नेपाली सांगितिक क्षेत्र उदियमान युवा गायक दिप घतानीले ‘परदेशीको दशैँ तिहार’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका छन् ।
गीतकार एसपि कोइरालाको शब्द रचना र गायक घतानीकै संगीतमा तयार भएको गीतको भिडियोमा उनी आफैले अभिनय पनि गरेका छन । गीतलाई सञ्जीव बाराईलीले एरेन्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग चन्द्र चौधरीले गरेका हुन ।
परदेशमा रहेर दु:ख गरेको एक युवाले दशै तिहार जस्तो चाडमा आफ्नो देशमा आएर चाडपर्व मनाउन नसकेको र आफ्नो परिवारलाई सम्झेको लगायतका पिडालाई भिडियोको कथावस्तुमा समेटिएको यस भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन ।
भिडियोमा दिपलाई समरा जोशी लगायतले अभिनयमा साथ दिएकी छिन भने सम्पादन बिकास धमलाको रहेको छ ।
भिडियो गायक दिप घतानीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो