कस्लाइ छोड्नु,कस्लाइ समाल्नु,गाह्रो भएको छ।
फूल जस्तो यो मन,ढुङ्गा जस्तो साह्रो भएको छ।।
बाटो बाटोकै ठाउँमा,भिर खोज्यो आफ्नै खुट्टाले।
बिचरो सपना त,ठक्करै ठक्करको चारो भएको छ।।
उ बेला आमाले पालेको,खन्चुवा-बाँझो गाई जस्तो।
पसिनाको नदी खसाउदापनि,खल्ती थारो भएको छ।।
रहर त थियो,सिङ्गै लाहुर बोकेर लैजाउँ,आँगनमा।
तर,समय घुन भएकोछ,परिस्थिति जुतारो भएको छ।।
एका तिर देशको माया,अर्को तिर प्रदेशी जिन्दगानी।
त्यै भएर पुनर्जन्मको खुशी पनि,उधारो भएको छ।।
कैलाली