रौतहटमा एक युवतीको हत्या भएको छ । माधबनारायण नगरपालिका–७ स्थित लौकाहा निबासी १७ बर्षिय अमृता कुमारी साहको गोलि हानी हत्या भएको हो ।
घरमा सुतिरहेको अबस्थामा टाउकोको दाहिने निधारमा गोली हानी साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।
१७ बर्षिया युवतीको यसरी हत्या हुनुका पछाडी के कारण होला भनेर अहिले त्यहाँ खोजि भईरहेको छ। युवती र महिलाहरुको शरीरमा असुरक्षा बढिरहेकोमा रौतहटबासि चिन्तित छन्।