हङकङ्गको एक नेपाली रेष्टुरेन्टमा आइतबार राती आगलागी हुदाँ ९ वर्षका बालकसहित ८ जना नेपालीको मृत्यु भएको छ।
आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका अस्पतालले जनाएको र नाम सार्बजनिक नगरेको ग्लाेवल गाेरखा समाजका केन्द्रिय कोषाध्यक्ष आकाश बन्जराले नेप्लिज डायस्पोरालाई बताए।
मृत्यु भएकाहरुमा ९ देखि ४० वर्षका उमेर समूहका रहेका छन् । उपचार गराइरहेका अन्य कम्तिमा ९ जना घाइतेमध्ये दुइ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएकाे पनि बन्जराले जानकारी दिए ।
नेपालीहरुले नै संचालन गरेको जिरे खुर्शानी नामको उक्त रेष्टुरेन्टमा एक बच्चाको जन्मदिन मनाउने क्रममा आगलागी भएको आफुले थाहा पाएको बन्जराले बताए।
"म बसेको स्थानबाट १३ मिनेटको दुरी मा पर्छ। राती जान सम्भव भएन। बिहान जाँदा आगलागी भएको ठाउँ प्रहरी घेरामा थियो।" बन्जराले भने, "सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केको हुँ। दुखद दुर्घटनामा पर्नेहरुमा अधिकाँश बाग्लुङ जिल्ला भित्रका नागरिकहरु रहेका छन् ।"
एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग 'राधिका'ले पनि आगलागीमा परेर सात जना नेपालीको मृत्यु भएको संचार माध्यमलाई पुष्टि गरेकी छिन।
अपडेट
हामीलाई नामावली प्राप्त भएको छ तर पुष्टि गर्दैछौं। अपडेटको लागि यहि लिंक रिफ्रेश गर्नुहोला !
अपडेट
प्रहरीले सार्बजनिक गरेको मृतक र घाईतेहरुको पछिल्लो विवरण