हंसिया हथौड़ा फहराउँदै उडेको विमान र टावरको संपर्क टुटेपछि सबैतिर हल्लाख़ोर छ !
अंतिम पटक दुईजना पाइलटहरु बिच हात हालाहल भएको टावरमा सुनिएको थियो।
मान्छेहरु कुइरिमण्डल बादल हेरिरहेकाछन् ! जहाज भेटिन्छ की भनेर।
भेटिने छाँटकाँट छैन। उडेको उड्यै भयो की भन्ने त्रासले शुभेच्छुकहरु चिंतित छन् !
“लड्या थे केरे पाइलटहरु ! उड़ाको उड़ाई गरेको पनि हुन सक्छ। ” माइला दमैले भने।
मदनपोखरा, पाल्पा