Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

१० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्न भवानी राणाको जोड

१० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्न भवानी राणाको जोड

नेप्लिज डायस्पोरा

११, मंसिर २०७७
images
१० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्न भवानी राणाको जोड

 

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्र असाध्यै नराम्री प्रभावित भएकाले कसरी अगाडि बढ्ने भन्नेमा निजी क्षेत्रसमेत अन्योलमा रहेको बताएकी छिन्।

बिहीबारदेखि शुरु भएको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राणाले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालाई काम उपलब्ध गराउन र १० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्नुपर्नेमा जोड दिएकी हुन्।
चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा समावेश भएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने औँल्याउँदै राणाले राष्ट्रिय गौरवका आयोजना शीघ्र सम्पन्न गरी नयाँनयाँ ठूला आयोजना निर्माणमा लाग्नुपर्ने बताएकी छिन्।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, सुरज वैद्य, पशुपति मुरारका, प्रदीपजंग पाण्डेसहित महासंघका प्रदेश अध्यक्षलाई सम्मान गरिएको छ।

महासंघको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्ने छन्। यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - २१:५८:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend