Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सरकार सहिदहरुप्रति उदासिन बन्यो : नेविसंघ महामन्त्रि पाण्डेय

सरकार सहिदहरुप्रति उदासिन बन्यो : नेविसंघ महामन्त्रि पाण्डेय

नेप्लिज डायस्पोरा

१६, मंसिर २०७७
images
सरकार सहिदहरुप्रति उदासिन बन्यो : नेविसंघ महामन्त्रि पाण्डेय

 

सहिद सुर्यप्रसाद घिमिरे अध्ययन केन्द्रले पाल्पाको रामपुरमा आयोजना गरेको “वर्तमान राजनीतिक अवस्था, सहिदहरुको योगदान र हाम्रो भुमिका” विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री युवराज पाण्डेयले विदेशमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीलाई सरकारले नहेरेको बताउदै सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको छ ।

उहाँले कोभिड १९ ले लामो समयसम्म शैक्षिक क्षेत्र ठप्प रहदा लाखौ विद्यार्थीको पढाइ प्रभावित भएको बताउदै शैक्षिक क्षेत्रको विकास भएमा समग्र देशको विकास हुने बताउनुभयो ।

"नेकपा सरकार जनताले भोगिरहेका समस्याप्रति उदासीन र गैरजिम्मेवार देखिएको छ। जनता कोरोना भाइरस संक्रमणको महामारीबाट पीडित भैरहेका बखत सरकारको नेतृत्व गर्ने दल आफ्नो आन्तरिक झगडा र किचलोमा रुमल्लिएको छ। यस्तो बिषम परिस्थितिमा पनि कमिसन, अनियमितता र भ्रष्टाचारमा लिप्त भैरहनु दुखद हो।" उहाँले थप्नुभयो, "पार्टीका मतदाता र आम जनताबिच विभेदपूर्ण ब्यवहार गरिरहेको सरकारले राज्य कोषको चरम दुरुपयोग गर्दै आफ्ना नेता कार्यकर्ता पोष्न उद्धत छ। जनस्वास्थ्य, बेरोजगारी, भोकमरी र शैक्षिक समस्या समाधानमा सरकार गम्भीर रुपमा चुकिरहेको छ।"

शहीद सुर्य प्रसाद घिमिरे जस्ता कैयन सहीदहरुको सपना र संकल्प पुरा गर्न नेपाली कांग्रेस र हामी युवाहरुले सरकारका कमजोरी र अनियमित्तालाई उजागर गर्दै जनतालाई सुसुचित गर्न र सरकारलाई खबरदारी गर्न अग्रसर रहनुपर्ने बताउनु भयो |

सहिद सुर्य प्रसाद घिमिरे अध्ययन केन्द्रले आगामी दिनमा सहिदहरुको सपना र संकल्प पुरा गराउन समाजमा बौद्धिक चेतनाको माध्यमद्वारा लोकतन्त्रको संरक्षण र सम्बर्दनमा बिशेष योगदान दिनुपर्ने धारणा ब्यक्त गर्नु भयो |

 

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:५३:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend