Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पाका खनाल ढुवानी व्यवसायी महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष

पाल्पाका खनाल ढुवानी व्यवसायी महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष

नेप्लिज डायस्पोरा

१६, मंसिर २०७७
images
पाल्पाका खनाल ढुवानी व्यवसायी महासंघ नेपालको बरिष्ठ उपाध्यक्ष

काठमाडौं, १५ मङ्सिर ।

ढुवानी (ट्रान्सपोर्ट) व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको १२ औँ बार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशन मङ्सिर १३ गते शनिबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न भएको छ ।

कोभिड १९ को कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरि सम्पन्न भएको पाँचौं महाधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन समेत गरिएको छ ।

बार्षिक साधारणसभाबाट पाल्पाको रामपुर नगरपालिका वडा नं १० निवासी अच्युतराज खनाल ढुवानी (ट्रान्सपोर्ट) व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालकोबरिष्ठ उपाध्यक्ष पद निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विश्वनाथ खनाल र विराटनगर ट्रान्सपोट एशोसिएशनका निवर्तमान अध्यक्ष विनोद कुमार सिंहको उम्मेदवारी परेको थियो ।

उक्त निर्वाचनमा जम्मा ६० मत खसेको र त्यसमध्ये ३२ मत प्राप्त गरि विश्वनाथ खनाल ४ मतको अन्तरले विजयी भएको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष बाहेक अन्य सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत चयन भएको र अध्यक्ष पदको लागि मात्र निर्वाचन गर्नुपरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

विश्वनाथ खनालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरूमा अच्युतराज खनाल (बरिष्ठ उपाध्यक्ष), क्षेत्रगत उपाध्यक्षहरूमा क्रमशः ध्रुव दाहाल खत्री, केशव गिरी, खेम जंग बस्नेत र प्रदिप अर्याल, महासचिवमा अरुण कुमार श्रेष्ठ, सचिवमा पुष्पराज श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता निर्वाचित हुनुभएको छ भने ५ जना केन्द्रीय सदस्यहरूमा कृष्ण राज पौडेल, सुशिल पौडेल, श्याम प्रसाई, धर्मराज पोख्रेल र टेकराज पोख्रेल निर्वाचित हुनुभएको हो ।
कालीगण्डकी खबरबाट

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १९:५०:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend