Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बिष्णु पौडेलको तिमीलाई पर्खिबसे

बिष्णु पौडेलको तिमीलाई पर्खिबसे

नेप्लिज डायस्पोरा

१८, मंसिर २०७७
images
बिष्णु पौडेलको तिमीलाई पर्खिबसे



बिगत लामो समयदेखी अमेरिकाको न्युयोर्कमा बस्दै आएका पत्रकार तथा गीतकार बिष्णु पौडेलको रचनामा तयार भएको गीतको भिडियो सार्बोजनिक भएको छ ।

केही बर्ष पहिला दुईखोलीको मुहान नामको पुस्तक प्रकाशन गरेका पौडेल लामो समयसम्म न्युयोर्कमा नेपाली पत्रकारीता गर्दे आएका छन् ।
हालै मात्र सार्बोजनिक गरिएको यस गीतमा सङ्गित नेपाली लोक गीत क्षेत्रका स्थापित कलाकार जो अमेरिकामा बसेर पनि नेपाली लोक सङ्गितमा अनबरत रुपमा लागी परेका कलाकार बिमल डाँगीको छ भने नेपाली सुगम सङ्गितका बरिष्ट गायक रामकृष्ण ढकालको स्बर रहेको छ ।
बिशेष गरी यस गीतमा आफुले मन पराएको मान्छेलाई जीबन भर पाँउनका लागी कुरी बसेको र कहिले सपनिमा आएर मिठा मिठा कुरा ग।ी कल्पनाहरुलाई समेत उतारिएको छ र भनिएको छ


तिमीलाई पर्खिबसे आँखा बिछ्याएर
कतै भेट्न पाँउछु भनी मन डुलाएर
आशै आशामा तिमीलाई पर्खि रहुला अन्तिम सास सम्म
सम्झ्mनाले सताईदिन्छ याद आँउदा तिम्रो
चस्किदिन्छ छाती भित्र मुटु किन यस्तो ।

यस्तै यस्तै भाबहरु गीतमा रहेका छन । श्यामशुक्ला फिल्म फोड्कशनको प्रस्तुती रहेको यस भिडियोलाई नेपली फिल्म क्षेत्रमा राम्रा चलचित्रहरु बनाएर आफ्नो नाम स्थापित गर्ने सफल निर्देशक घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यस भिडियोमा जनकी थापा र शिब बाग्लेको अभिनय रहेको छ । यस भिडियोलाई सागर राज आर्चायको छायाँकन रहेको भने जीबन थापाको सम्पादन रहेको छ ।।

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - २१:०७:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend