Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राजारानीको प्रेमकथा शुक्रबार आउंदै

राजारानीको प्रेमकथा शुक्रबार आउंदै

नेप्लिज डायस्पोरा

२४, मंसिर २०७७
images
राजारानीको प्रेमकथा शुक्रबार आउंदै


लन्डन ।


खासगरी नेपालको पहिलाको बाइसे र चौबिसे राज्यलाई आधार मानेर तेस्ता राज्यमा राज्य गर्ने राजारानीको प्रेम कथालाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको छ । राजारानीबीच कसरी प्रेम सम्बन्ध कायम हुन् पुग्छ भन्ने प्रेम कथालाई आर्यान र रियाषा को अभिनयमा देख्न सकिनेछ । यस गीतको म्यूजिक भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेक छन् ।

यहि शुक्रबार प्रमोद खरेलको स्वरमा सजिएको ‘पटक पटक’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने नारायण कंडेलको शब्द रहेको छ ।गीतको म्यूजिक भिडियोमा नायक आर्यान सिग्देल र रियाषा दाहालको जोडदार अभिनय रहेको छ । म्यूजिक भिडियोलाई पृथक शैलीमा प्रस्तुत गर्न खोजिएको संगीतकार शिखर सन्तोषले बताएका छन् ।

यस गीतको म्यूजिक भिडियोलाई मायालु इन्टरटेनमेन्टस्ले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने भएको छ ।

Source: gurkharadio.com

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १९:१६:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend