Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारकाे सिफारिसमा भएकाे प्रतिनिधि सभा विघठनकाे असंवैधानिक र अलाेकतान्त्रिक कदमकाे विराेधमा पुस १३ गते एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विराेध कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुुभयो ।

रामचन्द्र पौडेल पक्षको प्रस्तावपछि कांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०६:१४:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend