काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्ने भएका छन् ।
पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतको बैठकले पाण्डेलाई पार्टीको महासचिव बनाउने तयारी गरेको हो ।
प्रचण्ड–नेपाल पक्षको बबरमहलमा आज बस्ने केन्द्रीय कमिटी बैठकबाट पाण्डेलाई महासचिव बनाउने तयारी छ ।