Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै



काठमाडौं,


संसद विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्नुहुने भएको छ ।

चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जानुहुने भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ ।

भारत भ्रमणका क्रममा महत्वपूर्ण निर्णय दुई देशबीच हुन सक्ने आकलन गरिएको छ । चौतर्फी विरोधको सामना गरी रहेका प्रधानमन्त्री ओलीले मुलुकको हितभन्दा पनि सत्ता टिकाउन भारतसँग सम्झौता गर्न सक्ने भन्दै विभिन्न दलका नेताहरु सशंकित भएका छन् ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०६:२७:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend