Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नयाँ मन्त्रिपरिषद्मा श्रममा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा, खानेपानीमा गौरीशंकर चौधरी र ऊर्जामा टोपबहादुर रायमाझी नियुक्त भएका छन् ।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने जनाइएको छ ।

प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उहाँ निकट नेताहरुले बताएका छन् ।

नेकपाको ओलीपक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार नै सरकारको पहिलो काम मन्त्रिषरिषद् बिस्तार हुने बताउनुुभएको थियो ।

प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताउनुुभएको छ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ ।

नेकपा विभाजनको संघारमा रहँदा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका छन् । त्यही ठाउँमा ओलीले अरु नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने तयारी गर्नुुभएको हो ।

स्रोतका अनुसार रायमाझीलाई प्रधानमन्त्री ओलीले गृहमन्त्री दिने आश्वासन दिएका थिए । तर, हाल गृहमन्त्री रहहेका रामबहादुर थापा बादल ओली समुहमा आएपछि रायमाझी अफ्ठयारोमा पर्नुभएको छ । यसअघि नै उपप्रधान तथा उर्जामन्त्री भइसकेका रायमाझीले घटुवा भएर मन्त्री खाने सम्भावना पनि नरहेको विश्लेषण गरिएको थियो । रायमाझीलाई पछि उप प्रधानमन्त्री बनाउने आश्वाशन मिलेको स्रोतको दाबी छ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १८:२५:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend